वृत्ति मार्गनिर्देशन – परिचय र उद्देश्य
कोशी प्रदेश भरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीमा निहित मौलिक प्रतिभा तथा क्षमताको पहिचान तथा प्रस्फुटन मार्फत भविष्यमा उनीहरूको वृत्तिको मार्ग तय गर्नका लागि सम्बन्धित विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशन शिक्षक तालिम, प्रदेशका युवा जनशक्तिलाई वृत्ति तथा रोजगारी सम्बन्धमा मार्गनिर्देशन तथा परामर्शका लागि सेवा केन्द्रको संचालन गर्नको साथै वृत्ति सम्बन्धमा रोजगारदाता, रोजगार सेवा प्रदायक तथा तालिम प्रदायक संस्था, शिक्षण संस्था, स्थानीय तह तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाको स्पष्ट गर्दै त्यस्ता संस्था तथा निकाय संगको सहकार्य र साझेदारीमा एकीकृत कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न वान्छनीय भएकोले प्रदेश सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यो निर्देशिका मन्त्रिपरिषद् बाट पारित गर्ने प्रक्रियामा रहेको छ ।
वृत्ति मार्गनिर्देशन – परियोजनाको इतिहास
भनिन्छ जति कलिलोमा बालबालिकाको रुचि खुबी र क्षमताको पहिचान हुन सक्यो त्यति नै ती भविष्यमा सफल नागरिक हुने उच्च संभावना हुन्छ । तर नेपालको विशेष प्रकारको समाजमा बालबालिकालाई पुरानो पुस्तालाई भन्दा जानकारी लिन सजिलो छ । यसैले १४-१५ वर्षका विद्यार्थीको निर्णय परिवारले स्वीकार गर्न सक्दछ । यही कारणले परियोजनाले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरेर सन् २०१७ देखि वृत्ति मार्गनिर्देशन कार्यक्रम लागू गरेको हो। विद्यार्थीलाई सिकाउने व्यक्ति या भनौं शिक्षक-शिक्षिकाहरू पनि नेपालको शैक्षिक परिदृश्य, वृत्तिमार्गको सैद्धान्तिक पक्षका बारेमा जानकार हुन आवश्यक छ । यसैले, कार्यक्रम लागू हुनु अगाडि शिक्षक-शिक्षिकालाई पनि उचित प्रशिक्षण आवश्यक छ। त्यसैले यो परियोजनाले विद्यालयको शिक्षकहरुलाई वृत्ति मार्गनिर्देशन प्रशिक्षक को तालिम दिएको छ । विद्यार्थीले यी सत्रहरूमा सहभागी भए पश्चात् आफूलाई चिन्ने र भविष्यको योजना बनाउनेतर्फ सोच्न थालेको बताएका छन् । शिक्षक-शिक्षिकाले आफ्ना विद्यार्थीको जीवनपथमा वास्तविक देन दिन सकेकोमा सन्तुष्ठि व्यक्त गरेका छन् । वृत्ति मार्गनिर्देशन प्रशिक्षण तथा विद्यालयमा लागू गरिने कार्यक्रमले कक्षामा पारम्परिक रुपमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई समूहमा अन्तरक्रियात्मक सहजीकरणको सीप विकास गर्न पनि सहयोग सिद्ध भएको छ । राष्ट्रको बदलिँदो परिवेशमा गाउँ तथा नगरपालिकामा सीप विकासका कार्यक्रम लागू गर्ने महत्त्वपूर्ण जिम्मेवारी आइ परेको छ । यसैले स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालयको छनोट गर्ने गरिएको छ । वृत्ति मार्गनिर्देशनको महत्त्व बुझ्न थालेका कतिपय पालिका प्रमुख र अध्यक्षले पनि परियोजनासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
वृत्ति मार्गनिर्देशन वेबसाइटको उद्देश्य
कुनै पनि समयमा र सुविधा जनक तरिकामा विद्यार्थीहरूले सजिलैसँग वृत्ति मार्गनिर्देशन प्राप्त गर्नको लागि यो डिजिटल प्लेटफर्म तयार गरिएको हो। उस डिजिटल प्लेटफर्मले विद्यार्थीहरूलाई आफ्नो वृत्तिका विकल्पहरू अन्वेषण गर्न मद्दत गर्न विभिन्न स्रोत र उपकरणहरू प्रदान गर्नेछ, जस्तै:
● आत्म-मूल्याङ्कन उपकरण
● वृत्ति जानकारी र स्रोतहरू
● परामर्श र मार्गदर्शन उपकरण
● काम खोज सहयोग
यसले विद्यार्थीहरूलाई उनीहरूको वृत्ति विकल्पहरूको समग्र दृष्टिकोण प्राप्त गर्न र उनीहरूको भविष्यको बारेमा सूचित निर्णयहरू गर्न दिनेछ।