वृत्तिको नाम (Career Name)
आल्मुनियम फेब्रिकेटर (Aluminum Fabricator)
PM
(Primary Potential)
परिभाषा (Definition)
घर, कार्यालय वा अन्य भवनमा आल्मुनियम धातुको प्रयोग गरी त्यसबाट झ्याल, ढोका, पार्टिसन भित्ता बनाउने तथा तिनलाई सम्बन्धित स्थानमा जडान गर्ने व्यक्ति आल्मुनियम फेब्रिकेटर हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-आल्मुनियम धातुको गुणको तथा आल्मुयिमका विभिन्न एङ्गल, सेक्सन
आदिबारे ज्ञान राख्ने
- औजारहरूको प्रयोग गरी नाप लिने
- प्राविधिक नक्शाको ज्ञान तथा साधारण रेखाचित्र बनाउने
- बेन्च कार्य र औजारहरूको जानकारी राखी कटिङ, ड्रिलिङ, पन्चिङ, स्कुइङ
(पेच कस्ने), रिभेटिङ (किला ठोकी जोड्ने) जस्ता कार्य गर्ने
- आल्मुनियमको फ्रेम, क्यासमेन्ट झ्याल प्यानल र फ्रम, डबल प्यानल स्लाइडिङ
झ्यालको फ्रेम, मल्टी प्यानल स्लाइडिङ झ्यालको फ्रेम, स्लाइडिङ झ्यालको
जालीसहितको प्यानल, हाफ पार्टिसन, फुल पार्टिसन, प्यान बोर्डर सीसा आदि
बनाउने
- बनाइएका झ्याल, ढोका, पार्टिसन फ्रेम आदिलाई सही ठाउँमा लगेर फिट गर्ने
- आल्मुनियम फेब्रिकेटर पेशाअन्तर्गत अपनाउनु पर्ने पेशागत स्वास्थ्य र
सुरक्षासम्बन्धी सावधानी अपनाउन
महत्व र फाइदाहरू (Importance and advantages)
-निर्माण व्यवसायको विकाससँगै आल्मुनियम फेब्रिकेटरको व्यवसाय पनि
फस्टाएको हुँदा बजारमा बढ्दो माग
- आफ्नै व्यवसाय पनि खोल्न सकिने
-आधुनिक र आकर्षण निर्माण कार्यमा र वन जंगल विनाशको रोकथाममा योगदान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option ) माध्यमिक शिक्षा परीक्षा |
|
वृत्ति पथ (Career Path) |
१. आल्मुनियम फेब्रिकेटर तह १ (४०८ घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | कलकारखाना उद्योग, भवन निर्माण कम्पनी, भवन निर्माण स्थल |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
-कार्य अनुभवसहित तह २ को तालीम लिएर सो अनुसार कार्य गर्ने - आल्मुनियम फेब्रिकेटसम्बन्धी ठेकेदार - प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००- २५,००० |