पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

मनोविद् (Psychologist)

P

(Primary Potential)

परिभाषा (Definition)

मनोविज्ञान विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यक्ति एक्लै हुँदाको व्यवहार वा समूहको व्यवहार र मानसिक पक्रियामा अनुसन्धान तथा अध्ययन गर्ने व्यक्ति मनोविद् हुन् । यिनीहरू आफ्नो प्राप्त ज्ञानलाई व्यक्तिको व्यक्तिगत, सामाजिक, शैक्षिक र पेशागत समायोजना तथा विकासलाई बढावा दिनका लागि प्रयोग गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -व्यक्तिको सोच तथा व्यवहारमा वंशानुगत कारण, वातावरण तथा सामाजिक तत्वले के कति प्रभाव पारेको छ त्यसको विश्लेषण गर्ने

    -मानसिक तथा भावनात्मक समस्यामा मनोवैज्ञानिक तत्वबारे अध्ययन गर्ने, समस्या पहिचान गर्ने

    -मानव व्यवहारसम्बन्धी मनोवैज्ञानिक पक्षको अध्ययन गर्ने

    -इन्टेलिजेन्स टेस्ट, एप्टिच्युट टेस्ट जस्ता व्यक्तित्व जाँच गर्ने परीक्षणको लागि योजना बनाउने र परीक्षण गर्ने

      गरिएको परीक्षणको अध्ययन गरी व्याख्या गर्ने

    -मनोविमर्श तथा अन्य साइकोथेरापी प्रदान गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -समाजमा बढ्दो माग

    -मानिसको मानसिक स्वास्थ्य उत्थानमा योगदान

    -मानव व्यवहारबारेको विषय हुँदा रूचिकर हुने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (option 1)  विकल्प २ (Option 2)

मनोविज्ञान वा चिकित्सा, नर्सिङ, विज्ञान वा मनोविज्ञान संकायले मान्यता दिएका अन्य संकायमा स्नातक

वृत्ति पथ (Career Path)

१. मनोविज्ञानमा स्नातकोत्तर                        १. साइकोसोसल काउन्सेलिङको एक वर्षे

                                                                 पीजीडी (post graduate diploma)

 

                                                                   २. मनोविज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

अस्पताल, विद्यालय, सेवा पदायक केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

सनोविज्ञानका विविध शाखामा                   प्राध्यापक

विशिष्टता प्राप्त गर्न सकिने

 

वरिष्ठ मनौविद्                                         अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. ३५,००० -५०,०००