पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

भ्रमण तथा पर्यटन अभिकर्ता (Travel and Tourism Agent)

P

(Primary Potential)

परिभाषा (Definition)

आम मानिसलाई भ्रमण तथा पर्यटनसँग सम्बन्धित सेवा प्रदान गर्ने व्यक्ति भ्रमण तथा पर्यटन अभिकर्ता हुन् । भ्रमण तथा पर्यटन अभिकर्ताले आपूर्तिकर्ताकोपक्षबाट विभिन्न क्रियाकलाप जस्तै हवाइसेवा, भाडाका गाडी, क्रुजलाइन, होटल,बस यात्रा, बीमा र प्याकेज भ्रमणको सुविधा प्रदान गर्दछन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -लामो बिदा तथा व्यापार यात्राको लागि भमण योजना बनाउने, त्यसको बजारीकरण गर्ने

    -सेवाग्राहीलाई यात्रासँग सम्बन्धित कागजात बनाउन सहयोग गर्ने

    -यात्रा तथा होटल आदिको प्रबन्ध मिलाउने

    -यात्रीको टिकटको प्रबन्ध गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    नेपालमा पर्यटक क्षेत्रको विकाससँगै भ्रमण अभिकर्ताको मागमा वृद्धि

    रोजगारीको पर्याप्त अवसर

    आफ्नै ट्राभल्स खोलेर सेवा दिन सकिने

    विभिन्न देशका मानिससँग सम्बन्ध बढाउने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

दश जोड दई

वृत्ति पथ (Career Path)

१. ट्राभल्स एण्ड टदुरिजममा स्नातक

२. स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

ट्राभल्स एजेन्सी, होटल, एयरलाइन्स

वृत्ति विकास पथ (Career Developmment Path)

प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १८,०००-२२,०००