पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

फिजियोथेरापिष्ट (Physiotherapist)

PM

(Primary Potential)

परिभाषा (Definition)

फिजियोथेरापी विषयमा अध्ययन गरी, शारीरिक समस्या भएका, दुर्घटनामा परेका, दीर्घरोगी, वृद्ध–वृद्धाको हड्डी, मांशपेशी, नशासम्बन्धी शारीरिक समस्याको उपचार गर्ने व्यक्तिलाई फिजियोथेरापिष्ट भनिन्छ

प्रमुख कार्यहरू (Major Tasks)

    -हड्डी, मांशपेशी, नशासम्बन्धी शारीरिक समस्याको पहिचान गर्ने

    -सेवाग्राहीको शरीरलाई विभिन्न तरिकाले चलाएर, अल्ट्रासाउण्डको 

    प्रयोगबाट, तापक्रम, लेजर, वा उस्तै प्रकारका प्रविधिको प्रयोग गरी उपचार 

    गर्ने

    -शारीरिक सुस्वास्थ्य कायम गरीराख्नको लागि सेवाग्राहीलाई सहयोग गर्ने 

    -सेवाग्राहीलाई शारीरिक मुद्रा वा बसाई, हिँडाइ आदिको मुद्रा सिकाउने ताकि 

    उनीहरूको स्वस्थ भइरहुन् ।

महत्व र फाइदाहरू (Importance and advantages)

    -स्वास्थ्य क्षेत्रको विकाससँगै फिजियोथेरापिष्टको बढ्दो माग

    -आफ्नै लगानीमा पनि व्यवसाय गर्न सकिने

    -मानिसका समस्या समाधान गर्ने पेशा

    -रोजगारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २(Option 2)

 

विज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

विकल्प १ (Option 1)

१. फिजियोथेरापीमा डिप्लोमा (३ वर्षे) 

 

विकल्प २(Option 2)

 

फिजियोथेरापीमा स्नातक -BPT

कार्य क्षेत्र (Working Area)

अस्पताल, रिहाविलिटेशन सेन्टर, फिटनेस सेन्टर

वृत्ति विकास पथ (Career Developmment Path)

विकल्प १ (Option 1)

-फिजियोथेरापीमा स्नातक - BPT

-वरिष्ठ फिजियोथेरापिष्ट

-फिजियोथेरापी केन्द्र सञ्चालक

 

विकल्प २(Option 2)

 

-विकल्प १ को सबै तथा 

‚-प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,००० -२५,०००