पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

प्रहरी अधिकृत (Police Officer)

PM

(Primary Potential)

परिभाषा (Definition)

देशको ऐनले तोके बमोजिम कानून र आदेशलाई लागू गर्ने र गराउने व्यक्ति प्रहरी अधिकृत (पुलिस अफिसर) हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -देशमा कानून तथा आदेशलाई कायम गर्ने

    -व्यक्ति तथा सम्पत्तिलाई विभिन्न जोखिम तथा गैरकानूनी गतिविधिबाट 

    संरक्षण गर्ने

    -नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई समात्ने र दण्ड दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    -देशका जनता, सम्पत्ति, स्थान र सूचनाको सुरक्षा गर्ने अवसर

    -अराजकता र कानून विपरीतका कामहरू रोक्ने अवसर 

    -आकर्षक पेशा

    -राज्यमार्फत तलबबाहेकको अन्य सुविधा

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

कुनै पनि विषयमा स्नातक

वृत्ति पथ (Career Path)

प्रहरीको लागि आवेदन खोलेको बेला आवेदन दिई प्रहरी तालीम केन्द्रबाट तालीम 

(ओहदा अनुसारको शैक्षिक योग्यता हुनुपर्ने)

कार्य क्षेत्र (Working Area)

प्रहरी चौकी, सडक, प्रहरी बिट, सार्वजनिक भवन, मन्त्रालय, अपराध अनुसन्धान 

केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

प्रहरी नायव निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्म

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,००० -३०,०००