पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

चिकित्सक (Medical Doctor)

P

(Primary Potential)

परिभाषा (Definition)

चिकित्साशास्त्रमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी, नेपाल चिकित्सक संघबाट अनुमतिपत्र (License) प्राप्त गरेको आधुनिक औषधिको सिद्धान्त तथा पद्धतिको प्रयोगद्वारा मानिसमा लाग्ने रोग, चोटपटक तथा अन्य शारीरिक तथा मानसिक रोगको अध्ययन, निदान, उपचार र रोकथाम गर्ने व्यक्तिलाई चिकित्सक भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -शारीरिक परीक्षण तथा रोगको पहिचान गर्ने

    -पहिचान गरिएका रोगको लागि औषधि लेख्ने

    -मानिसहरूमा हुने स्वास्थसम्बन्धी विभिन्न समस्या, रोग, निदानका उपाय,

     उपचारका उपाय आदिमा अनुसन्धान गर्ने

    -जनस्वास्थ्य कार्यक्रमहरूमा सहभागी हुने

    -अन्य स्वास्थ्यकर्मीका सेवा र उपचारका योजना बनाउने, सुपरिवेक्षण र मूल्यांकन गर्नुका साथै चिकित्सा शिक्षा र    

     अनुसन्धानका काममा पनि संलग्न हुने

महत्व र फाइदाहरू (Importance and advantages)

    -स्वास्थ्य क्षेत्रको विकाससँगै यस वृत्तिको बढ्दो माग

    -रोजगारीको अवसर

    -आफ्नै क्ल्तिक खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

जीवविज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. चिकित्साशास्त्रमा स्नातक

कार्य क्षेत्र (Working Area)

क्लिनिक र अस्पताल, जनस्वास्थ कार्यालय

वृत्ति विकास पथ (Career Developmment Path)

-चिकित्साशास्त्रमा स्नातकोत्तर                                         -प्राध्यापक

-चिकित्साशास्त्रको विभिन्न क्षेत्रमा विशैषज्ञता                            - अनुसन्धानकर्ता

 जस्तै, मुटु रोग विशेषज्ञ, आँखा विशेषज्ञ आदि

प्रारम्भिक मासिक आय (Initial Monthly Income) ५०,०००-७०,०००