पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

छालावस्तु प्राविधिक (Assistant Leather Material Technician)

S

(Primary Potential)

परिभाषा (Definition)

सामान अनुसारको छालाको छनोट गर्ने, छालामा चिह्न लगाउने, डिजाइन अनुसार मास्टर खाका तथा कटिङ खाका तयार गर्ने, छाला काट्ने काम गर्ने,सम्बन्धित मेसिन वा औजार उपकरणको सामान्य मर्मतसम्भार गर्ने व्यक्ति सहायक छालावस्तु प्राविधिक हुन्‌ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -छाला सिलाउने मेसिन सञ्चालन गर्ने तथा तिनको साधारण मर्मतसम्भार गर्ने

    -छालालाई आवश्यक रूप दिन डिजाइन अनुसार छालाको छनोट गर्ने,छालामा चिनो लगाउने र छाला काट्ने

    -सिलाई मेसिनको प्रयोग गरी अथवा हातले छालालाई टि-म्याट, किरिङ,किकेसा, बेल्ट, सिक्का राख्ने पर्स, लेडिज ब्याग, सपिङ ब्याग, फोल्डर, केस आदि आकार दिई सिउने

    -सिईसकेपछि धागोलाई गाँठो पारी पोलेर ठोक्ने र पालिस लगाई फिनिसिङ गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -एकै ठाउँमा बसेर काम गर्न सकिने

    -विविध व्यवसायिक, संघसंस्थाहरूसँगको सम्पर्क

    -आफ्नो सोच र परिकल्पनाका आधारमा नयाँ बस्तुहरु सिर्जना गर्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. छालाका सामान बनाउने प्रविधिबारे आधारभूत तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

छालाको कारखाना, पसल, तालीम संस्थाहरू

वृत्ति विकास पथ (Career Developmment Path)

-प्रशिक्षक हने

-छाला व्यवसायी

-उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००- २५,०००