पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

मिथिला लोक कलाकार (Mithila Folk Artist)

S

(Primary Potential)

परिभाषा (Definition)

मिथिला लोक कलाकार यस्ता व्यावसायिक कलाकार हुन्‌, जसले मिथिला संस्कृतिमा आधारित चित्र बनाउँछन्‌, चित्र बनाउने ठाउँ, सामग्री, औजार तथा सहयोगीहरूको व्यवस्थापन गर्दछन्‌, आफूले बनाउने चित्रको रेखाङकन गरी रङ्गको संयोजन मिलाई भित्तामा, सेरामिकमा वा कागजमा चित्र बनाउँछन्‌ |

प्रमुख कार्यहरू (Major Tasks)

    -कामको पूर्वतयारी गरी चित्र बनाउने ठाउँ, सामगी, औजार तथा

    सहयोगीहरूको व्यवस्थापन गर्ने

    -आफूले बनाउने चित्रको रेखाङकन गर्ने

    -चित्रलाई पूर्ण डिजाइन दिई त्यसमा रङको संयोजन मिलाउने

    -रङ्गको प्रयोग गरी चित्रलाई पूर्णता दिने

    -भूमिचित्र, सेरामिक चित्र, भित्तेचित्र आदि बनाउने

    -आफूले बनाएका चित्रको उचित बजार पहिचान गरी तिनको बिक्री गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -पूरा समय या आंशिक समय दुवै काम गर्न सकिने

    -दिन गन्ति र संख्या गन्तिको हिसाबमा पनि काम गर्न सकिने

    -एक ठाउँमा बसेर काम गर्न सकिने

    -मिथिला कला र संस्कृतिको सम्वृद्धि गर्ने अवसर

    -कलाकारितालाई आधुनिकीकरण गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. मिथिला चित्रकला उत्पादक (५२० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

मिथिला चित्रकला उत्पादक उद्योग, पसल, आफ्नै घर

वृत्ति विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००- २०,०००