पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

आन्तरिक सज्जाकार (Interior Designer)

S

(Primary Potential)

परिभाषा (Definition)

पर्यावरणलाई ध्यानमा राखी उद्देश्य अनुरूप व्यापारिक, औद्योगिक, सार्वजनिक र आवासीय भवनको भित्री भागको साजसज्जा, डिजाइन र सोको योजना बनाउने दक्ष व्यक्तिलाई आन्तरिक सज्जाकार वा सजावटकर्ता भनिन्छ । उक्त कार्यले त्यहाँका मानिसहरूको लागि सहज किसिमले बाँच्न र काम गर्ने वातावरण बनाउँछ; उनीहरूको मन प्रफुल्लित बनाउँछ ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 निर्माण र सजावटबीच समन्वय गर्ने
    🞄 सेवाग्राहीसँग परामर्श गरेर डिजाइनका उद्देश्य निर्धारण गर्ने
    🞄 स्केच (रेखाचित्र) र डिजाइनको अवधारणा तयार गर्ने
    🞄 सेवाग्राही, व्यवस्थापन, आपूर्तिकर्ता र निर्माण कर्मचारीहरूसँग डिजाइनसम्बन्धी समस्याहरूको समाधानको लागि छलफल गने

महत्व र फाइदाहरू (Importance and advantages)

    आधुनिक प्रविधिको विकाससँगै आन्तरिक सजावटमा मानिसहरूको रूचि बढेकोले बजारमा आन्तरिक डिजाइनरको बढ्दो माग
    🞄 आफ्नो सिर्जनशीलता उपयोग गर्ने अवसर
    🞄 आफ्नै काम गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)
विकल्प (Option)
दश जोड दुई
वृत्ति पथ (Career Path)

आन्तरिक डिजाइनिङ विषय (Bachelor in Designer, BID) मा स्नातक (३ वर्षे)

कार्य क्षेत्र (Working Area)

भवन निर्माण कम्पनी, सिनेमा उद्योग, विज्ञापन एजेन्सी, समारोह व्यवस्थापन कम्पनी वा कार्यालय

वृत्ति विकास पथ (Career Developmment Path)

🞄 आन्तरिक सज्जाको ठेकेदार
🞄 उद्यमी
🞄 सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १२,०००— २०,०००