पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

पटकथा लेखक (Script Writer)

L

(Primary Potential)

परिभाषा (Definition)

खेल, चलचित्र, टेलिभिजन, रेडियो र वृत्तचित्रहरूका लागि स्क्रिप्टको कथावस्तुको र लेखनसम्बन्धी काम गर्ने व्यक्तिलाई पटकथा लेखक भनिन्छ | पटकथा लेखकले स्क्रिप्ट कथानक संवादहरू, धारावाहिक वा वृत्तचित्रहरूको अनुक्रम मिलाउने काम गर्दछन्‌ | यिनी प्रोडक्सनको प्रकारका आधारमा मूलकथा, विचार वा प्रकाशित कामलाई परिवर्तन वा परिमार्जित गर्ने काम पनि गर्दछन्‌ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • सम्पूर्ण कथाको जाँच गर्ने, कथाको पृष्ठभूमि र सेटिङ अनुसन्धान गर्ने,
    • निर्देशक र टोलीका अन्य सदस्यहरूसँगको छलफलको आधारमा स्किप्टको शैली विकसित गर्ने
    • कथालाई स्किप्टका रूपमा परिवर्तन गर्ने, दृश्य सिर्जना गर्ने, विभिन्न पात्रका विभिन्न विचारका संवाद लेख्ने
    • स्किप्ट परीक्षण गर्ने
    • उत्पादनको लागि अन्तिम संस्करण प्रस्तुत गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • सिर्जनशील कार्य भएकोले आफ्नो विचार र कल्पनालाई मूर्त रूप दिने अवसर
    • आफ्नो सिर्जन शीलता/प्रस्तृति आम मानिस माझ देखाउने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)


दश जोड दई

वृत्ति पथ (Career Path)

१. स्किप्ट लेखनमा एक वर्षे डिप्लोमा

कार्य क्षेत्र (Working Area)

चलचित्र स्टुडियो, प्रकाशन हाउस, टेलिभिजन, नाटक तथा रेडियो कम्पनी

वृत्ति विकास पथ (Career Developmment Path)

डकुमेन्ट्रि निर्माता

डकुमेन्ट्रि /फिल्म निर्देशक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २०,००० देखि ३०,०००