पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

वित्तविश्लेषक (Finance Analyst)

AL

(Primary Potential)

परिभाषा (Definition)

सार्वजनिक तथा निजी संस्थाहरूको आर्थिक क्रियाकलापका पक्रियाबारे छानबिन गर्ने, विविध लगानी कार्यक्रम, बजेट र आर्थिक योजना बनाउने व्यक्तिलाई वित्तविश्लेषक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -लगानीसम्बन्धी निर्णयको लागी व्यवसाय, उद्योगमा आर्थिक अवस्थासँग सम्बन्धित वित्तीय जानकारी लिने र   

     विश्लेषण गर्ने

    -औद्योगिक प्रविधि, व्यापार व्यवसाय, वित्त तथा अर्थशास्त्रका सिद्धान्तसँग सम्बन्धित ज्ञान लिनै

    -मूल्य, आर्थिक लाभ, स्थिरता, लगानीको जोखिम र यसले गर्दा पर्ने आर्थिकअसर, वित्तीय प्रवाह आदि  

     जस्ता लगानीमा gama पार्ने वित्तीय डाटाको व्याख्या गर्ने

    -कम्पनी, लगानीकर्ता तथा जनसमूहलाई लगानी गर्ने समय तथा लगानी गर्ने

    -क्षेत्रबारे बताउने वा जानकारी दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    अर्थ तथा वित्तीय क्षेत्रको ज्ञानलाई व्यवहारमा षयोग गर्न पाइने रोजगारीको पर्याप्त अवसर

    विश्वव्यापी अर्थतन्त्रको बारेमा दखल हुने हुँदा आर्थिक निर्णय गर्न सक्षम

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

वृत्ति पथ (Career Path)

१. वित्त (finance) विषय लिई स्नातक

२. वित्त विषयमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

मल्टीनेशनल कम्पनी, विविध उद्योगहरू

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ वित्तविश्लेषक

प्राध्यापक

कूटनीतिज्ञ वा राजनीतिज्ञहरूको आर्थिक सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 35000-50000