पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

वातावरणविद् (Environment Specialist / Scientist)

AL

(Primary Potential)

परिभाषा (Definition)

वातावरणविद्ले वातावरणलाई असर गर्ने मानव क्रियाकलापबारे अध्ययन गर्छन् | वायु, जल तथा ध्वनि प्रदूषण, माटो प्रदूषण, जलवायू परिवर्तन, विषाक्त फोहारको व्यवस्थापन र प्राकृतिक स्रोतको विनाशको रोकथामसम्बन्धी छानबिन कार्य गर्ने व्यक्तिलाई वातावरणविद् भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -अवलोकन र नमूना संकलन विधिबाट TATE संकलन गर्ने

    -ल्याब र फिल्डवर्कमा नमूनाहरू रेकर्ड गर्ने

    -वातावरण विकाससँग सम्बन्धित शोधपत्र (Scientific Literatures) निरन्तर

     समीक्षा (Review) गर्ने

    -वातावरणको लागि राम्रो हुने अनुसन्धान विधि र प्रणालीहरूको विकास गर्ने

    -वातावरणसँग सम्बन्धित डाटाको विश्लेषण गर्ने प्रभावकारी प्रणालीको

     विकास गर्ने

    -भइरहेका (Existing) अनुसन्धानका निष्कर्ष/परिणामलाई विभिन्न शोध

     प्रकाशन मार्फत विभिन्न क्षेत्र/विज्ञ/जनमानसलाई अवगत गराउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -विकाससँगै भइरहेको विनासको न्यूनीकरणमा योगदान

    -नसोचेका र नदेखिएका वातावरणसम्बन्धी हानिको खोज, अनुसन्धान गरी

     समाधानका उपाय खोज्ने अवसर

    -विभिन्न स्थानमा भ्रमणको अवसर

    -रोजगारीको सम्भावना

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

विज्ञान संकायमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. वातावरण विज्ञानमा स्नातक

२. वातावरण विज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

सरकारी तथा गैरसरकारी संस्था र विभिन्न विकास एजेन्सी, शैक्षिक संस्था र अनुसन्धान केन्द्र, स्वास्थ्य केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

प्राध्यापक वरिष्ठ वातावरणविद्                              वातावरण

सल्लाहकार                                           अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-35000