पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

औषधि बिक्रेता (Pharmacist)

AL

(Primary Potential)

परिभाषा (Definition)

औषधिजन्य उत्पादनको मिश्रण, भण्डारण, संरक्षण र वितरण गर्ने कार्यमा संलग्न भएका व्यक्तिलाई औैैषधि बिक्रेता भनिन्छ । यिनीहरूले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार औषधीहरूको खराब प्रयोगबारे तथा प्रतिकूल प्रभावबारे सेवाग्राहीलाई सचेत गराउँछन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूबाट स्वीकृत औषधिको पुर्जा लिने, रोगीको
    रोगको इतिहास जाँच गर्ने र पुर्जा अनुसार औषधि बिक्री वितरण गर्ने
    🞄 बिरामीलाई औषधिको उचित मात्रा, औषधिको असर तथा र सेवन तरीकाबारे
    स्पष्ट जानकारी दिने
    🞄 फार्मेसी टेक्नीसियनहरू, फार्मेसी इन्टर्न र फर्मास्युटिकल्स बिक्री सहायकको कामको पर्यवेक्षण र समन्वय गर्ने
    🞄 लेबल, प्याकेजिङ र औषधि उत्पादनको विज्ञापनको मूल्यांकन गर्ने
    🞄 खोप तथा अन्य औषधिहरूको उचित भण्डारण र संरक्षण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 बिरामीको उपचारको कार्यमा सहभागी
    🞄 रोजागारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)
विकल्प १(Option 1) विकल्प २(Option 2)
माध्यमिक शिक्षा परीक्षा विज्ञान संकायमा दश जोड दुई
वृत्ति पथ (Career Path)
१. फार्मेसीमा डिप्लोमा (३ वर्षे) १. फार्मेसीमा स्नातक
कार्य क्षेत्र (Working Area)

अस्पताल र क्लिनिक, औषधि अनुसन्धान र विकास केन्द्र, औषधि व्यवस्थापन केन्द्र, औषधि पसल

वृत्ति विकास पथ (Career Developmment Path)

🞄 फार्मेसीमा स्नातक, अनि स्नातकोत्तर
🞄 औषधि व्यवसायी
🞄 प्रशिक्षक
🞄 प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १७,०००—२५,०००