पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

भूगर्भविद् (Geologist)

AL

(Primary Potential)

परिभाषा (Definition)

पृथ्वीको सतहको भौगोलिक बनोट, निर्माण र अवशेषहरूको अध्ययन गर्ने व्यक्तिलाई भूगर्भविद् भन्दछन् | यिनीहरू पृथ्वीको अध्ययन, यसको क्रमिक परिवर्तन र विकास तथा खनिजपदार्थ र इन्धनमा अनुसन्धान कार्य पनि गर्ने गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -विशेष उपकरण र प्रविधिहरू प्रयोग गरी भौगोलिक सर्वेक्षण गर्ने, वायु सर्वेक्षण र वायु फोटो म्यापिंग भू-     

     रासायतिक र भौगोलिक प्राविधिक रूपमा प्रयोग गर्ने खनिज, तेल र ग्याँसको भण्डार पत्ता लगाउने

    -विस्तृत अध्ययनको लागि विभिन्न गहिराइहरूमा चट्टानहरू वा खनिजको मात्रा र गृणस्तर निर्धारण गर्न         

     नमूना संकलन गर्ने

    -आर्थिक खनिज भण्डारका क्षेत्रहरूमा ड्लिङ अपरेसनको पर्यवेक्षण गर्ने

    -भूकम्प जस्ता प्राकृतिक प्रकोपको अध्ययन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    प्राकृतिक संरचनासँग पत्यक्ष काम TH अवसर

    विभिन्न ठाउँको भ्रमणको अवसर

    रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

विज्ञान विषयमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. भूगर्भविज्ञानमा स्नातक

२. स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

शैक्षिक संस्था, भूकम्प अनुसन्धान केन्द्र, पुलहरू, सडक, भवनहरू, हाइड्रो पावर परियोजनाहरू र सडक निर्माण परियोजना, सडक विभाग

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ भूगर्भविद्

प्राध्यापक

अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 35,000 - 50,000