पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

मानवशास्त्री (Anthropologist)

L

(Primary Potential)

परिभाषा (Definition)

विगत र वर्तमान समाजमा मानिसका विभिन्न पक्षहरू जस्तै, संस्कृति, मूल्यमान्यता, भाषा तथा मानिसको जैविक वा शारीरिक विकाससम्बन्धी अध्ययन गर्ने र सोसम्बन्धी विज्ञता हासिल गरेको व्यक्तिलाई मानवशास्त्री भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • समाजका विविध पक्षबारे जानकारी संकलन गर्ने
    • अवलोकन, अन्तरवार्ता र/वा कागजातहरूको समीक्षा गरी समाजका विविध
    • पक्षको बारे आवश्यक जानकारी लिने
    • मानवको उत्पत्ति तथा शारीरिक, सामाजिक वा सांस्कृतिक विकास (जस्तै,
    • शारीरिक विशेषता, परम्परा, विश्वास, भाषा, खोत व्यवस्थापन अभ्यासहरू र
    • बसोबासको ढाँचा) को व्याख्या गर्ने
    • विशेष सांस्कृतिक समूह, समुदाय र संगठनको आर्थिक, जनसंख्यागत,
    • स्वास्थ्य सेवा, भाषिक र धार्मिक रीतिथितिको अध्ययन तथा व्याख्या गर्ने
    • यी अध्ययनको निष्कर्ष तिनै समूह या समुदायको हितमा उपयोग गर्न
    • सिफारिस तथा निर्देशन दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    • मानव विकाससँग सम्बन्धित विभिन्न विषयबारे रोमाञ्चक तथ्यहरूमा जानकार
    • विभिन्न ठा भ्रमण गर्न पाउने
    • फराकिलो रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

 (Secondary Potential): विश्लेषणात्मक- (Analytical- Logical)

वृत्ति पथ (Career Path)

१. समाजशास्त्रमा स्नातक

२. मानवशास्त्र विषय लिई स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, विश्वविद्यालय, अनुसन्धान केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ मानवशास्त्री                            अनुसन्धानकर्ता

सामाजिक अधिकृत                            प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 25000-35000