पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

माछापालन सहायक (Junior Fishery Technician)

PM

(Primary Potential)

परिभाषा (Definition)

माछापालन, पोखरी डिजाइन, पानीको गुणस्तर, माछा प्रजनन र रेकर्ड राख्ने काम गर्ने व्यक्ति माछापालन सहायक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -पोखरी डिजाइनमा सहयोग गर्ने
    - माछालाई नियमित आहारा दिने, हेरविचार गर्ने
    - माछाको प्रजनन कार्यको टिपोट गर्ने र गुणस्तरिय प्रजननको लागि विज्ञसँग 
    सहकार्य गर्ने
    - पानीको पोषणको आवश्यकता र गुणस्तर सुनिश्चित गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आफ्नै खेतमा आफ्नै स्थानीय स्रोतको प्रयोग गरी आफैंले माछापालन गर्न 
    सकिने 
    - राम्रो आम्दानी गर्न सकिने 
    - बजारमा गुणस्तरको माछाको बढ्दो माग
    - स्वस्थ तथा ताजा माछा आफ्नो व्यक्तिगत उपयोगको लागि पनि उपलब्ध हुने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. माछा पालनसम्बन्धी तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

माछा फार्म, निजी वा सरकारी फार्म

वृत्ति विकास पथ (Career Developmment Path)

-स्थानीय तहमा माछासम्बन्धी जानकार 
-माछासम्बन्धी अनुसन्धानहरूमा सहयोग 
- माछासम्बन्धी उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००