पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सहायक वेल्डर (Assistant Welder)

PM

(Primary Potential)

परिभाषा (Definition)

एकै प्रकारका वा दुई वा दुईभन्दा बढी भिन्दाभिन्दै गुण भएका धातुलाई फिलर रंग प्रयोग गरेर वा नगरेर, विद्युतीय शक्तिको वा ज्वलनशील पदार्थको प्रयोग गरेर, थिचेर वा पगालेर एक आपसमा जोड्ने प्रक्रियालाई वेल्डिङ भनिन्छ । यस्तो कार्य गर्ने सामान्य आवश्यक सीप भएको कामदारलाई सहायक वेल्डर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -औजारहरू प्रयोग गरी लिने प्राविधिक नक्शाको ज्ञान लिने तथा हातेचित्र 
    बनाउने 
    - बेन्च कार्य र औजारहरूबारे जानकारी राख्ने
    - खिया लागेका भाग सफा गर्ने, वेल्डिङ गरिने वस्तु नाप्ने र चिह्न लगाउने, 
    धातुलाई काट्ने ग्राइन्ड गर्ने, फाइल गर्ने, ड्रिल गर्ने
    - स्टायन्डर्ड वेल्डिङ सिम्बोलबारे जानकारी राख्ने 
    - एसी, आर्क वेल्डिङ, ग्यास वेल्डिङ र अक्सि–एसिटिलिन वेल्डिङका मेसिन, 
    त्यसमा उपयोग हुने औजार र सामग्रीहरूको उपयोग गर्ने
    - धातुहरूबारे जानकारी राख्ने 
    - आर्क स्ट्राइक गर्ने (आगोको लप्काले पगाल्ने) र धातुलाई विभिन्न पोजिसनमा 
    राखी जोइन्ट गर्ने विभिन्न आकारमा काट्ने
    - झ्यालको ग्रील, च्यानल गेट, ट्रस सटरजस्ता वस्तु निर्माण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -देशमा बढ्दो निर्माण कार्यसँग यो वृत्तिको पनि बढ्दो माग
    - थोरै समयावधि वा पुरै समयावधि काम गर्न सकिने
    - राम्रो आम्दानी

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ८

वृत्ति पथ (Career Path)

१. सहायक वेल्डरको तालीम (५५० घण्टा)

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल, ग्रील पसल, ग्रील कारखाना

वृत्ति विकास पथ (Career Developmment Path)

-वेल्डर र प्रोफेसनल वेल्डरको तालीम लिई 
त्यही अनुसारको कार्य
- टेक्निसियन
- वेल्डिङसम्बन्धी ठेकेदार
- प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००