वृत्तिको नाम (Career Name)
सुचिकार (Tailor)
PM
(Primary Potential)
परिभाषा (Definition)
सिलाइ मेसिन चलाउने, शरीरको नाप लिई बालक, महिला तथा पुरुषका साधारण पोसाक सिलाउने, आइरन (इस्त्री) गर्ने आदि कार्य गर्ने व्यक्तिलाई सुचिकार भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- धागोको गुणस्तर र रङ्ग पहिचान गरी उपयुक्त सियो छानेर विभिन्न टाँका
(साधारण टाँका सरसरी सिउने, बखिया, त्रुपाई, बटनहोल स्टीच, ब्लाइकेट
स्टीच, लेजिडेजी स्टीच, नट स्टीच, हेरिङ बोन स्टीच, चेन स्टीच, स्याटिन
स्टीच आदि) लगाउने
- सिलाइ मेसिन चलाउने तथा साधारण समस्या आउँदा त्यसको मर्मतसम्भार गर्ने
- नापका इकाइहरू जस्तै, ब्रिटिस इकाइ र मेट्रिक इकाइको ज्ञान लिने
ह छाती, गला, कुम, काखी, कम्मर, हिप, पिडौला, बाहुला जस्तो शरीरका
विभिन्न भागको नाप लिई सोही अनुसार चिनो लगाई कपडा काट्ने
- पेटीभोटो, बाहुलेभोटो, कानेटोपी, सुरुवाल, ¥याले, कट्टु, आदि जस्ता
बच्चाका लुगा सिउने
- साधारण फराक, समीज, कट्टु, बाबासेट जस्ता केटाकेटीका लुगा काट्ने
तथा सिउने
- महिला तथा पुरुषका साधारण लुगा जस्तै, पेटीकोट, एप्रोन, पाइजामा,
बनियान आदि तयार गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बजारमा धेरै माग तथा खपत
- सबै वर्ग र समुदायलाई दैनिक प्रयोजनको लागि आवश्यक
- आत्मनिर्भर भई आफैं कार्य सञ्चालन गर्न सकिने
- फराकिलो वृत्तिक्षेत्र
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
वृत्ति पथ (Career Path) |
१. सुचिकारसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | सिलाइ पसल, कपडा पसल, गार्मेन्ट उद्योग |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
-कार्य अनुभवसहित तह २, ३ सम्म |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |