पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

स्टेनलेस स्टील फेब्रिकेटर (Stainless Steel Fabricator)

PM

(Primary Potential)

परिभाषा (Definition)

स्टेनलेस स्टीललाई कटिङ, ग्राइन्डिङ, वेल्डिङ आदि गरी स्टीलको एक निश्चित संरचनागत ढाँचा तयार गर्ने कामदारलाई स्टेनलेस स्टील फेब्रिकेटर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -आवश्यक सामग्री, औजार तथा उपकरणको तयारी गर्ने 
    - कटिङ, ड्रिलिङ, ग्राइन्डिङ आदि कार्य गर्ने, नाप लिई चिनो लगाउने 
    - ग्यास फ्लेमको उपयोग गरी स्टील काट्ने 
    - ड्रिलिङ गर्ने, विभिन्न भाग जोड्न सही अवस्थामा मिलाएर राख्ने 
    - धार निकाल्न ग्राइन्डिङ गर्ने 
    - ट्याक वेल्डिङ, आर्क वेल्डिङ, टिडा वेल्डिङ, स्पेट वेल्डिङ आदि वेल्डिङ विधि 
    प्रयोग गरी धातुलाई जोड्ने 
    - छत–रेलिङ, सिंढी रेलिङ, कम्पाउन्ड रेलिङ आदि तयार गर्ने 
    - बनिसकेको संरचनालाई रङ्गरोगन, पालिस गरी आवश्यक फिनिसिङ दिने
    - स्टेनलेस स्टील फेब्रिकेटर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य 
    सुरक्षासम्बन्धी सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    बजार फराकिलो भएको हुनाले दक्ष स्टेनलेस स्टील फेब्रिकेटरको बढ्दो माग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
सामान्य लेखपढ

वृत्ति पथ (Career Path)

१. स्टेनलेस स्टील फेब्रिकेटरसम्बन्धी तह १ (४०७) को तालीम

कार्य क्षेत्र (Working Area)

स्टेनलेस स्टील फेब्रिकेटरसम्बन्धी कारखाना, निर्माण व्यवसाय उद्योग वा पसल, 
भवनहरू

वृत्ति विकास पथ (Career Developmment Path)

-कार्य अनुभवसहित तह २ को तालीम 
लिएर सो अनुसार कार्य गर्ने
- स्टेनलेस स्टील फेब्रिकेटर टेक्निसियन
- स्टेनलेस स्टील फेब्रिकेट प्रशिक्षक
- स्टेनलेस स्टील फेब्रिकेटसम्बन्धी 
ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००