पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

लाईट भेइकल टेक्निसियन (Light Vehicle Technician)

PM

(Primary Potential)

परिभाषा (Definition)

हलुका सवारीसाधन जस्तै अटोरिक्सा, सफा टेम्पो आदिमा आउने समस्या पहिचान गरी समाधान गर्न आवश्यक मर्मतसम्भार गर्ने सीप भएका व्यक्ति हलुका सवारी सर्भिस मिस्त्री हुन् । यस तहका मिस्त्रीले सामान्य मर्मत मात्र गर्न सक्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    - हलुका सवारीसाधनका पार्टपुर्जा खोल्न तथा जडान गर्न प्रयोग हुने औजार 
    तथा उपकरणहरूको प्रयोग विधिबारे जानकारी राख्ने 
    - हलुका सवारीसाधनको चेसिसलाई लुब्रिकेटिङ (ग्रीज) गर्न उपयुक्त लुब्रिकेटिङ 
    पदार्थको छनोट गरी विभिन्न ग्रीज लगाउने ठाउँ पहिचान गरी त्यसमा ग्रीज 
    लगाउने 
    - इन्जिन तेल तथा फिल्टर फेरबदल गर्न उपयुक्त तेल तथा फिल्टर छनोट 
    गरी चुहावट भएनभएको यकिन गर्ने र इन्जिन तेल तथा फिल्टर फेरकदल 
    गर्ने 
    - एयर फिल्टर खोली त्यसमा जम्मा भएको धुलो तथा फोहोर सफा गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको अवसर 
    - आफ्नै व्यवसाय खोल्न सकिने; सवारीसाधनसँग सम्बन्धित पार्टपुर्जाको 
    व्यवसाय गर्न सकिने
    - जनसम्पर्क बढ्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
सामान्य लेखपढ

वृत्ति पथ (Career Path)

हलुका सवारीसाधन मेकानिक्स्सम्बन्धी तह १ (३९० घण्टा) को तालिम

कार्य क्षेत्र (Working Area)

सवारीसाधनको वर्कशप, सवारीसाधन उद्योग

वृत्ति विकास पथ (Career Developmment Path)

-हलुका सवारीसाधन मेकानिक्स्सम्बन्धी तह २ र ३ को तालीम लिई त्यही 
अनुसारको कार्य
- अनुभव भएमा प्रशिक्षक
- वर्कशप सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००