पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

नेपाली कागज उत्पादक (Nepali Hand Paper maker)

PM

(Primary Potential)

परिभाषा (Definition)

स्थानीय रूपमा उपलब्ध हुने लोक्ताबाट नेपाली कागज तयार पारी बिक्री गर्ने व्यक्ति नेपाली कागज उत्पादक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -उपयुक्त ठाउँ छनोट गरी बिजुली, पानी, निकास, औजार, उपकरण, 
    मानवस्रोत आदिको व्यवस्थापन गर्ने 
    -लोक्ताका प्रकार पहिचान गरी आवश्यकता अनुसारका लोक्ता संकलन तथा 
    भन्डारण गर्ने 
    - लोक्ता पकाउने 
    - लोक्ता पकाई त्यसको लेदो संकलन गर्ने 
    - लेदोलाई फ्रेममा लगाई घाममा सुकाई कागज बनाउने 
    - कागज बन्डल बनाई उपयुक्त तरिकाले भण्डारण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -स्थानीय स्रोत र साधनको उपयोग
    - कच्चा पदार्थ आफैं उत्पादन गर्न सकिने
    - थोरै लगानी
    - परिवार नै संलग्न हुन सकिने
    - उत्पादित कागज सोझै विभिन्न हस्तकला निर्माण उद्योगमा बेची बढी 
    आम्दानी गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

वृत्ति पथ (Career Path)

१. नेपाली कागज उत्पादकको तह १ को ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

कागज उद्योग

वृत्ति विकास पथ (Career Developmment Path)

-नेपाली कागज वितरक
- नेपाली कागज उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००