पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

अनुवादक (Translator)

L

(Primary Potential)

परिभाषा (Definition)

अनुवादकले एक भाषालाई अर्को भाषामा उल्था (अनुवाद) तथा व्याख्या गर्छन् । यिनीहरूले भाषा विशेषको प्रारम्भ, विकास र संरचनाबारे अèययन गर्छन् । जुन भाषाको अनुवादक बन्ने हो सो भाषामा विज्ञता हासिल गरी यसै क्षेत्रमा वृत्ति विकास गर्न सकिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 पुरानो भाषा र आधुनिक भाषा बीचको सम्बन्ध अèययन गर्ने, शब्दहरूको उत्पत्ति र विकास, व्याकरण र भाषाको रूप तथा उपयोगको खोजी गर्ने
    🞄 भाषाको वर्गीकरण प्रणाली, व्याकरण, शब्दकोश र सामग्री तयार पार्ने वा
    सुझाव दिने
    🞄 अनुवादित सामग्री संशोधन र सुधार गर्न तथा उत्पादकता र गुणस्तर वा अनुवाद सुधार गर्न कम्प्युटर र अन्य उपकरणहरूको उपयोगका लागि नयाँ तरिकाहरू सिर्जना गर्न

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 विविध भाषा बुझ्ने चाहना र आवश्यकता बढ्दै गएको हुँदा अनुवादकको बढ्दो माग
    🞄 कला, संस्कृति, भावनालाई अर्को भाषा बोल्ने व्यक्तिहरूसँग परिचित गराउने अवसर
    🞄 धेरै व्यक्तिहरूसँगको सम्पर्क
    🞄 विभिन्न स्थानहरू भ्रमण गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
दश जोड दुई

वृत्ति पथ (Career Path)

१. सम्बन्धित भाषामा स्नातक

कार्य क्षेत्र (Working Area)

अन्तर्राष्ट्रिय संगठनहरू जस्तै संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एशियाली विकास बैंक र विभिन्न दुतावासहरू, कूटनीतिज्ञहरूको कार्यालय, अनुसन्धानशाला (research lab)

वृत्ति विकास पथ (Career Developmment Path)

🞄 सम्बन्धित भाषाको साहित्यमा स्नातकोत्तर
🞄 भाषाविद्
🞄 लेखक
🞄 भाषा शोधकर्ता
🞄 व्याकरणविद्

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १५,००० — २५,०००