पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सामुदायिक कान स्वास्थ्य कार्यकर्ता (Community Ear Health Worker)

P

(Primary Potential)

परिभाषा (Definition)

मानिसका कानको सामान्य जाँच गर्ने, व्यक्ति र समूहलाई कानको स्वास्थ्यबारे उचित बानी अपनाउन सघाउने, कानको स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यकम सञ्चालन गर्न मद्दत गर्ने व्यक्ति सामुदायिक कान स्वास्थ्य कार्यकर्ता हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -सामुदायिक स्तरमा कानको सामान्य जाँच गर्ने

    -आवश्यक औजारबारे ज्ञान लिने, तिनको रेखदेख गर्ने र व्यवस्थित गर्ने

    -आवश्यक औजारको उपयोग गरी कानको सामान्य समस्याको उपचार गर्ने

    -बिरामीको कानसम्बन्धी समस्याबारे अभिलेख तयार पार्ने

    -कानसम्बन्धी रोगका लक्षणबारे जनचेतना जगाउने

    -बिरामीहरूलाई कानसम्बन्धी रोगहरूको लक्षण, रोकथाम तथा बचाउका उपायबारे सल्लाह सुझाव दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    -स्वास्थ्य क्षेत्रको काम

    -समूदाय स्तरमा काम गर्ने अवसर

    -नाक कान घाँटी ँग नजिक भई काम गर्ने अवसर

    -रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

सामान्य लेखपढ

वृत्ति पथ (Career Path)

१. सामुदायिक कान स्वास्थ्य कार्यकर्ताको तालीम (४०० घण्टा)

कार्य क्षेत्र (Working Area)

स्वास्थ्य केन्द्र, सामुदायिक वा निजी अस्पताल

वृत्ति विकास पथ (Career Developmment Path)

सुपरभाइजर

वरिष्ठ कान स्वास्थ्य कार्यकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२०,०००