पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सामाजिक परिचालक (Social Mobilizer)

P

(Primary Potential)

परिभाषा (Definition)

सामुदायिक विकासका कार्यलगायत समुदायका विभिन्न गतिविधिहरूमा समाजका सबै तहको सहभागिता सुनिश्चित गराउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने व्यक्ति सामाजिक परिचालक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -ग्रामीण तथा शहरी समुदायमा सञ्चालित विकासका गतिविधिहरूमा सहभागी हुने

    -सामुदायिक विकासका विभिन्न विधिहरूको प्रयोग गरी समुदायिक क्रियाकलापमा सबैको सहभागिता बढाउने कार्य गर्ने

    -समुदायमा महिला तथा विपन्न वर्गको विकासमा गतिविधिहरूमा पहुँच सुनिश्चित गराउन अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालनमा ल्याउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -जनचैतना अभिवृद्धि कार्यक्रम वृद्धि भएसँगै सामाजिक परिचालकको बढ्दो माग

    -समुदायमा काम गर्ने अवसर

    -जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

सामाजिक परिचालनमा प्राविधिक एसएलसी (१८ महिना)

कार्य क्षेत्र (Working Area)

विभिन्न सरकारी, अर्धसरकारी, गैर-सरकारी संघ संस्थाहरू, वडा कार्यालय

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ सामाजिक परिचालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००