पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

उद्यानविज्ञ (Horticulturist)

PM

(Primary Potential)

परिभाषा (Definition)

व्यक्तिगत वा सामाजिक प्रयोजनको लागि खाद्य वा अखाद्य बोटबिरुवाहरू (जस्तै, फलफूल, तरकारी, फूल तथा अन्य) लाई हुर्काउन आफ्नो ज्ञान, सीप र प्रविधिलाई प्रयोग गर्ने व्यक्ति उद्यानविज्ञ हुन्‌ | यो कृषिविज्ञानसँग सम्बन्धित विषय हो, जुन कला, विज्ञान, प्रविधि र फूलहरूको प्रजनन कला कार्यको मिश्रण हो |

प्रमुख कार्यहरू (Major Tasks)

    -बिरुवाको पोषण र स्वास्थ्य आदिबारे विश्लेषण गर्ने

    -बोटबिरुवामा लाग्ने रोग, त्यसको नियन्त्रण तथा रोकथामका उपायहरूको

    खोजी गर्ने

    -मलजल पुगे नपुगेकोबारे रेखदेख गर्ने

    -विभिन्न उपकरणहरू प्रयोग गरेर बोटबिरुवालाई स्वच्छ तथा सफा राख्ने,

    स्वस्थ र मलिलो राख्नको आवश्यक मलजल गर्ने

    -नर्सरीहरूबाट बोटविरुवालाई ओसार पोसार गर्न अलगअलग कन्टेनरमा

    बेच्नका लागि तयार गर्ने

    -बोटबिरुवा, फूल, रुख र  झाङ प्रत्यारोपण गर्ने

    -नर्सरी वरिपरिका परिदृश्यलाई आकर्षक बनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आधुनिकीकरण र प्राकृतिक सुन्दरताको काम

    -रोजगारीको अवसर पर्याप्त

    -स्वरोजगार र उद्यमशीलतातिर जान सकिने

    -वातावरण सुधारमा योगदान पुग्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

विज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१.उद्यान तथा बागवानी व्यवस्थापनमा स्नातक

कार्य क्षेत्र (Working Area)

नर्सरी, उद्यानगृह, कृषि संस्थान, बिउबिजन गृह, कृषिसम्बन्धी अनुसन्धान केन्द्र

जडीबूटी केन्द्र, कृषि केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

-उद्यान तथा बागवानी                              - प्रशिक्षक

-व्यवस्थापनमा स्नातकोत्तर                        -नर्सरी सञ्चालक

-वरिष्ठ उद्यानविज्ञ                                    -प्राध्यापक

-वनस्पतिविज्ञ वा कृषिविज्ञ

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००