पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

अधिवत्ता/वकिल (Lawyer)

L

(Primary Potential)

परिभाषा (Definition)

सेवाग्राहीलाई विभिन्न विषयमा कानूनी सल्लाह दिने, कानूनी कागजातहरू तयार पार्ने, प्रशासनिक बोर्ड वा न्यायाधीशको अगाडी सेवाग्राहीको प्रतिनिधित्व गर्ने वा अभियोजन सञ्चालन गर्ने ब्यारिष्टरहरूलाई उच्च अदालतमा अपील गर्न निर्देशन गर्ने व्यक्तिलाई वकिल वा अधिवक्ता भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

     🞄 कानूनी सिद्धान्त, नियम तथा दलीलहरूको अध्ययन र अनुसन्धान गर्ने
    🞄 नियम कानूनको कार्यान्वयन गराउने
    🞄 सेवाग्राहीहरूलाई विभिन्न विषयहरूमा कानूनी सल्लाह सुझाव दिने र
    सेवाग्राहीको तर्फबाट कानूनी कार्य सम्पादन गर्ने
    🞄 सेवाग्राहीहरूसँग अन्तरवार्ता गर्ने र तथ्यहरूको साक्षी खोज्ने
    🞄 उच्च न्यायालयमा साबिती बयान दिने र न्यायका लागि अपील गर्ने
    🞄 मुद्दा मामिलाका लागि महत्वपूर्ण प्रमाण संकलन गरी बचाउ गर्ने, त्यसका लागि
    सरकारको तर्फबाट बहसपैरवी गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

     🞄 रोजगारीको प्रशस्त अवसर
    🞄 परिवर्तित कानूनी विषयमा निरन्तर दखल
    🞄 जनसम्पर्क बढ्ने
    🞄 विभिन्न घटनाहरूलाई नजिकबाट केलाउने अवसर
    🞄 अनुमतिपत्र लिएर थोरै लगानीमा आफ्नै कानूनी फर्म खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)
विकल्प १(Option 1) विकल्प २(Option 2)
दश जोड दुई कुनै पनि संकायमा स्नातक

वृत्ति पथ (Career Path)

 १. पाँच वर्षे बीए एलएलबी
१. कानून विषयमा तीन वर्षे स्नातक (एलएलबी)

कार्य क्षेत्र (Working Area)

अदालत, सरकारी तथा निजी संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी फर्म, कानूनी परामर्श केन्द्रहरू

वृत्ति विकास पथ (Career Developmment Path)

 🞄 कानून विषयमा स्नातकोत्तर (एलएलएम)
🞄 न्यायाधीश
🞄 सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १५,००० — २५,०००